आईसीसीको टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईसीसीको टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत

काठमाडाैं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुबै फर्म्याटमा यथावत रहेको हो । टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । यस अघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।

टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् भने चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ । त्यसैगरी नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ । यस अघिको वरीयतामा समेत नेपाल १६ औं स्थानमै रहेको थियो ।

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ । भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ । खेलाडीको ब्याटिङ वरीयतालाई हेर्ने हो भने नेपालका कुशल भुर्तेल ५९ औं, पूर्व कप्तान पारस खड्का ९२ औं स्थानमा रहेका छन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९६ औं सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);