'युवा पत्रकारिता पुरस्कार २०७८' बाट चार पत्रकार सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘युवा पत्रकारिता पुरस्कार २०७८’ बाट चार पत्रकार सम्मानित

काठमाडौं । युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट जनही ५० हजार रुपैयाँको दरले बुधवार मन्त्रालयमा एक कार्यक्रम गरी सम्मान गरेको हो ।

पुरस्कार पाउनेहरुमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत पत्रकार डोलराज रानाभाट, तरङ्ग राष्ट्रिय पाक्षिकमा कार्यरत राधा नेपाली, र जनता टेलिभिजनमा कार्यरत शिवकुमार अधिकारी रहेका छन् ।

पुरस्कार प्रदान समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राज्यको हरेक निकायमा पुरानो पुस्तालाई बिदाई गर्दै युवा पुस्तालाई समेट्न सके देशको विद्यमान समस्याको समाधान हुने भन्दै युवा पत्रकारहरुको भुमिका राज्यको हरेक निकायमा युवाहरुको प्रतिनिधित्व आवश्यक छ भन्ने वकालत गर्नु रहेको बताए ।

पत्रकारहरुले देशलाई रुपान्तरण गर्न युवाको भुमिका महत्वपूर्ण हुने सन्देश जनतामाझ पु¥याउनुपर्नेमा उनले जोड दिए ।

पुरस्कृत पत्रकारहरुले आफुहरुले मोफसलमा रहेर युवाहरुको विषयलाई प्राथमिकतामा राखी पत्रकारिता गरिरहेको उल्लेख गर्दै पुरस्कार आफुहरुको लागि सुनौलो अवसर भएको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);