गिरिजाप्रसाद पुरस्कार पुष्करलाल श्रेष्ठ तथा मदन पुरस्कार घिमिरे र जोशीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गिरिजाप्रसाद पुरस्कार पुष्करलाल श्रेष्ठ तथा मदन पुरस्कार घिमिरे र जोशीलाई

reporters club

काठमाडौं, १८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लबद्वारा स्थापित विभिन्न पुरस्कार राजधानीमा आयोजित कार्यक्रममा प्रदान गरेका छन् । यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि र एक लाख रूपैंया सहित प्रमाणपत्र छ । प्रधानसम्पादक श्रेष्ठ अस्वस्थ्य भएकाले सो पुरस्कार सो पत्रिकाका कार्यकारी सम्पादक दीपक रिजालले ग्रहण गरे ।

त्यस्तै ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अङ्ग्रेजी दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही रु ५०र५० हजार छ । ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ ‘कान्तिपुर दैनिक’का सहायक वरिष्ठ उपसम्पादक राजेश मिश्रलाई प्रदान गरियो ।

सो पुरस्कारको राशि रु २५ हजार छ । यसैगरी ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

त्यस्तै ‘शहीद जगतजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार डिल्ली बसेल, ‘रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकार सन्तोष न्यौपाने, ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७५ ‘राजधानी’ डेलीडटकम सम्पादक ध्रुव लम्साललाइ प्रदान गरिएको थियो ।

त्यस्तै ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार’ पत्रकार उषाकिरण कँडेललाई प्रदान गरियो । प्रधानमन्त्री ओलीले कार्यक्रममा सञ्चार उद्यमी रामेश्वर थापा, भरतपुर उपमहानगरपालिका प्रमुख रेनु दाहाल, गैरआवासीय नेपाली महासङ्घका अध्यक्ष भवन भट्टलगायतलाई सम्मानसमेत गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);