वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध : प्रम ओली

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालको २० औं बार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरुलाई सरकारले अनुचित थिचोमिचो गर्छ भन्ने भ्रमको पछि नलाग्न आग्रह गरे ।

‘वाम सरकारले अधिनायकवाद ल्याउँछ । प्रेस स्वतन्त्रता हनन् गर्छ भन्ने सुुन्नु भएको होला’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस्ता हल्लाका पछि नलाग्नुहोस् सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ ।’

प्रधानमन्त्री ओलीले कसैलाई पनि सौखलाई सिद्धान्त नबनाउन आग्रह गरेका छन् । ‘सुतली बम सिद्धान्त होइन । कसैको अभिलासा पुरा गर्न जनताले दुःख पाउनु हुँदैन’ प्रधानमन्त्रीले भने ‘चन्दा उठाउने कुरालाई सिद्धान्त मान्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिक मात्र हैन सामाजिक, आर्थिक, जागरण पनि चाहिएको बताए । ‘हाम्रा राजनीतिक र सामाजिक संरचनाहरुमा धेरै उथल पुथल आएको छ’ प्रधानमन्त्री ओलीले भने ‘त्यस कारण अब हाम्रा व्यबहारमा पनि त्यस्तै परिवर्तनको आवश्यक छ ।’

सरकार भ्रष्टचार नियन्त्रण गर्ने, जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने, आधुनिकताको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा रिपोर्टस क्लबले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेको छ । रिपोर्टस क्लबले स्थापना गरेको मदन भण्डारी समृती पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भू श्रेष्ठ र गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाललाई प्रधानमन्त्री ओलीले प्रदान गरे । पुरस्कारको राशी जनही १ लाख रुपैंया रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);