प्रेस स्वतन्त्रता र मौलिक हक प्रति सरकार सचेत : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रेस स्वतन्त्रता र मौलिक हक प्रति सरकार सचेत : प्रम ओली

kp oli

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस स्वतन्त्रता र मौलिक हक प्रति सरकार सचेत रहेको बताएका छन् । उनले २१ आँै शताब्दिको मानवियता भित्र स्वतन्त्रता, सुरक्षा, सम्मान जस्ता सबै विषय पर्ने भएकाले सरकार प्रेस स्वतन्त्रता र जनताका मौलिक हक प्रति सचेत रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय सहितको समुन्नत लोकतन्त्र स्थापित गर्ने सरकारको मार्गचित्रलाई नबुझेर मानवअधिकार विर्सेको टिप्पणी हुने गरेको बताए ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको हिमवत् खण्ड कला साहित्य सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कडा सुशासन र तिब्र विकासबाट मुलुकलाई समृद्ध बनाउने बताए । सत्ताको दुरुपयोग, चाकडी र दमन गरेर समृद्ध हुने विगतको परम्परा भन्दा फरक आफ्नै साधन, स्रोत र बुद्धीबाट मुलुकलाई समृद्ध बनाइने उनले बताए ।

विश्वमा कुनै पनि मुलुकले धनी भएर विकास गरेको नभई विकास गरेर धनी भएको भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गरेर समृद्ध मुलुक बनाउने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);