मुलुकमा सामाजिक सदभाव बिथोल्ने प्रयास भईरहेको प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकमा सामाजिक सदभाव बिथोल्ने प्रयास भईरहेको प्रधानमन्त्रीको दाबी

kp-oli

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताको आवश्यक्तामा जोड दिएका छन् । आइतबार राजधानीको टुँडिखेलमा गुरुङ समुदायको तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा सामाजिक सदभाव बिथोल्ने प्रयास भईरहेको दाबी गरे । उनले त्यसलाई परास्त गरेर अघि बढन पनि सबै समुदायलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी पनि गरे । उनले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रबाट कोही पनि पछि हटन नसक्ने उललेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको पनि बताए ।

कार्यक्रममा गुरुङ समूदायको भाषा, कला र संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);