तमु ल्होसार : सरकारले बिदा काटेको भन्दै गुरुङ समुदायको आक्रोस | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तमु ल्होसार : सरकारले बिदा काटेको भन्दै गुरुङ समुदायको आक्रोस

tamu lhosar1

प्रतिक्षा शर्मा

काठमाडौं, १५ पुस । नयाँ वर्ष मनाउन राजधानीको टुडिखेलमा भेला भएका तमु अर्थात गुरुङ समुदायले सरकारसंग आक्रोस पोखेका छन । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले तमु ल्होसारमा सार्वजनिक बिदा दिने प्रचलन बसाएपनि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदा कटाएपछि सरकारले चाडलाई आफनो पर्वलाई वेवास्ता गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन ।

पुष १५ गते सवैभन्दा लामो रात हुन्छ भन्ने मान्यता छ । यहि दिनलाइ तमु अर्थात गुरुङ समुदाय नयाँ वर्ष भनेर मनाउछन र यसदिन खुशीमा रम्ने रमाउने गर्दछन ।

तर, आइतवार नयाँ वर्ष मनाउन राजधानीको टुडिखेलमा आफनो समुदायको भेषभुषा र संस्कृति झल्कने गरि जम्मा भएका तमुरुको मुहारको एकापट्टि खुशी थियो भने मुहारको अर्को भागमा आक्रोश थियो । खुशीको दिन पनि रिसाउनुपर्ने वाध्यता उनीहरुलाइ के आईपर्‍यो त ?

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा तमु समुदायको यो महत्वपुर्ण चाडको दिन सार्वजनिक विदा दिने घोषणा गरेको थियो । तर, केपी ओली नेतृत्वको बर्तमान सरकारले भने विदा कटौती गर्‍यो ।

ओली सरकारले विदा कटौटी गरेपनि गण्डकी प्रदेशको सरकारले भने त्यस क्षेत्रमा सार्वजनिक विदा दिएको छ । तमुहरुको मुल थातथलो कास्की, गोरखा, लमजु», तनहु, स्याङजा, मनाङ र पर्वत हो ।

तमुहरुको मुलथात थलो गण्डकी प्रदेशमा भएपनि राजधानी काठमाण्डौंमा वसोवास गर्दै आएका तमुहरुले भने टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि नया बर्षको अवसरमा शुभकामना आदानप्रदान गरेका छन ।

यसरी नया बर्ष मनाउन आउदा उनीहरु आफनो भेषभुषमा देखिन्थे । बसन्तपुरबाट विशेष झाकी सहित निस्केको र्‍यली वीर अस्पताल,रत्नपार्क,भृकुटीमण्डप हुँदै टुडिखेलमा प्रवेश गरेको थियो । यसरी र्‍यली मा जादा समेत उनीहरु नाचागानमा मस्त देखिन्थे ।

तमु भाषामा ल्हो भनेको नया हो भने सार भनेको बर्ष हो । यसअनुसार कुकुर बर्षलाइ विदाइ गरेर तमुहरुले मृग बर्षको स्वागत गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);