सत्तामा टाँसिइरहने रहर नभएको प्रम देउवाको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सत्तामा टाँसिइरहने रहर नभएको प्रम देउवाको स्पष्टोक्ति

काठमाडौं, १५ पुस । प्रधानमन्त्री शेर बहादुर देउवाले सत्तामा टाँसिइरहने रहर आफुमा नरहेको स्पष्ट पारेका छन् । गुरुङ समुदायको महान पर्व तमु ल्होछार/ल्होसारको अवसरमा शनिबार टुँडिखेलमा आयोजित विषेश समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा टाँसिने रहर आफुमा नरहेको स्पष्ट पारेका हुन् ।

नेपाली कांग्रेस सधै जनताको अभिमतमा हिँड्ने प्रजातान्त्रिक पार्टी भएको भन्दै उनले जनमत अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाईरहेका बेला सरकार गठन गर्ने हैसियत बनाएका दलबाट झुठा कुरा गर्नु शोभनिय नहुने बताए ।

राष्ट्रपतिले राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धी अध्यादेशमा स्वीकृती दिएर नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उनले अब आफुले नयाँ सरकार गठन गर्ने कामको जिम्मेवारी अघि बढाउनेमा जोड दिए ।

सबै विषय प्रक्रिया अनुसार चलिरहेका बेला संविधानको सफल कार्यान्वयन गर्ने पार्टी र त्यसको नेतृत्वकर्ताको दृष्टिले आफुलाई धन्यवाद दिनुको सट्टा झुठा आरोप लगाईएको उल्लेख गर्दै उनले कांग्रेसलाई सधै जनताको मतको शिरोधार्य गर्ने पार्टीको रुपमा बुझ्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले मौलिक पहिचानको रुपमा रहेका विभिन्न जाति समुदायको पर्वलाई उत्सवका साथ मनाउन सहयोग गर्नु राज्यको दायित्व रहेको भन्दै आफ्नो नेतृत्वको सरकारले त्यो दायित्व पुरा गर्ने प्रतिवद्धता पनि जाहेर गरे ।

गुरुङ समुदायको महान पर्व तमु ल्होछार/ल्होसार शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायहरुले राजधानीको टुँडिखेलमा जम्मा भई ल्होछार मनाएका छन् ।

विभिन्न परम्परागत भेष भुषामा सजिएका गुरुङ समुदायका महिला पुरुषको झांकीले टुँडिखेल निकै मनमोहक देखिएको थियो । विशेष समारोहमा तमु समुदायका परम्परागत विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।

बौद्ध धर्म अन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्वको रुपमा मनाईने यस पर्वलाई गुरुङ समुदायले नयाँ बर्षको रुपमा मनाउने गर्छन् । गुरुङ बसोबास भएका स्थानमा यो पर्व भव्यताका साथ मनाउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);