पार्टी भित्र पुन:जागरणको यात्रा सुरु गर्नुपर्नेमा कांग्रेस युवा नेताको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पार्टी भित्र पुन:जागरणको यात्रा सुरु गर्नुपर्नेमा कांग्रेस युवा नेताको जोड

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका युवा नेताले पार्टी भित्र पुन:जागरणको यात्रा सुरु गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थीसंगघले शनिबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा नेताहरुले निर्वाचनमा भोग्नुपरेको पराजयको शुक्ष्म विश्लेषण गरि पार्टीभित्र पुन:जागरण अभियान सुरु गर्नुपर्ने विचार राखेका हुन् ।

दुई पार्टी मिलेका कारण मात्रै पराजय भोग्नु परेको भनेर मात्रै सहि विश्लेषण नहुने भन्दै युवा नेताले पार्टीको नेतृत्व तहले गरेका केही निर्णय पनि कारक बनेको भन्दै गम्भीर ढंगले समिक्षा गरिनुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराए ।

युवा नेता गगन थापाले वामगठबन्धन मात्रै नभई निर्वाचन हार्नुका केही महत्वपुर्ण कारण पनि भएको र तीनको गम्भीर समिक्षा नगरि पार्टी अगाडि बढ्न नसक्ने भएकाले सबै शिर्ष नेताहरुले पराजयको जिम्मेवारी लिदै पार्टीलाई नयाँ शिराबाट अघि बढाउनुपर्नेमा जोड दिए ।

नेता चन्द्र भण्डारीले पार्टीभित्र टुट्ने होइन जुटने ढंगले र गुट टुटका रुपमा नभई एकजुट भएर आन्तरिक पुर्नजागरण सुरु गरिनुपर्ने तर्क राखे । अर्का नेता जगदीश्वर नरसिंह केसीले कार्यकर्तालाई एकै स्थानमा राखेर प्रजातान्त्रिक ढंगले निर्णय गर्न नसक्नेले पराजयको जिम्मेवारी लिदै स्थानीय तह देखिनै पार्टी संगठनको पुन:संरचना गर्नुपर्नेमा जोड दिए ।

अर्का नेता गुरु घिमिरेले जनतासंगको पातलिएको सम्बन्धलाई बलियो बनाएर अघि जानुको विकल्प नरहेको बताए । निर्वाचन परिणामपछि नेपाली कांग्रेसका हरेक तह र तप्का तथा सार्वजनिक कार्यक्रममा युवा नेताहरुले कांग्रेसको पुर्नजागरण हुनुपर्ने आवाज उठाउँदै आएका छन् । उनीहरुले समुह बनाएरै नेतृत्वलाई पार्टी पुन:जागरण र शुद्धिकरण अभियान थालनी गर्नुपर्ने दबाब दिदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);