कांग्रेसको बैठकमा देउवा-पौडेल पक्षबीच आरोप प्रत्यारोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कांग्रेसको बैठकमा देउवा-पौडेल पक्षबीच आरोप प्रत्यारोप

cwc nc

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका यवा नेताहरुले नेतृत्व एकताबद्ध नहुँदा निर्वाचनमा पराजय बेहोर्नुपरेको टिप्पणी गरेका छन् । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा बोल्ने अधिकांश युवा नेताहरुले पराजयको कारण नेतृत्व नै भएको दाबी गरे ।

युवा नेताहरु डाक्टर मिनेन्द्र रिजाल, बद्री पाण्डे, धनराज गुरुङ, हसन अन्सारीलगायतले पार्टी नेतृत्व एकतावद्ध नभएकै कारण पार्टीले निर्वाचनमा लज्जाजनक हार व्यहोर्नुपरेको धारणा राखे । लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन नसक्नु, पार्टीको भातृ संगठनहरुलाई निर्वाचनमा उचित ढंगले परिचालन गर्न नसक्नु पराजयको प्रमुख कारण भएको उनीहरुको भनाइ छ ।

बैठकमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षबीच आरोप–प्रत्यारोप नै चलेको छ । पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको आरोप लगाएका छन भने संस्थापन पक्षले सभापति देउवाको बचाऊ गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);