इयुले जातीय द्वन्द्व ल्याउन खोजेको राष्ट्रियसभाका सांसदहरुको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

इयुले जातीय द्वन्द्व ल्याउन खोजेको राष्ट्रियसभाका सांसदहरुको आरोप

rastriya sava

काठमाडौं, १३ चैत । राष्ट्रिय सभाका सांसदहरुले पनि यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएका छन । राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले इयुको प्रतिवेदनको भत्र्सना गरे । सांसद पाण्डेले यूरोपियन युनियनले नेपालमा जातीय द्धन्द्ध ल्याउन षड्यन्त्र गरेको आरोपसमेत लगाए ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले नेपालमा कुनै पनि किसिमको चलखेल नगर्न इयुलाई चेतावनी दिए । बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृशेषचन्द्र लालले भने यूरोपियन युनियनको बचाउ गरे । उनले लोकतन्त्रमाथि प्रश्न उठाउने अधिकार अन्तर्राष्ट्रिय समुदायलाई रहने तर्क गरे ।

बैठकमा सत्तारुढ एमालेका सांसद बलराम बास्कोटा र प्रतिपक्षी कांग्रेसका सांसद राधेश्याम अधिकारीले तराईका कृषकका लागि उखुको उचित मूल्य निर्धारण गर्न सरकारसँग माग गरे । सांसद अधिकारीले कृषिलाई आत्मनिर्भर बनाउनेगरी योजना बनाउन पनि सरकारलाई सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);