प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै राजीनामा माग्नु “कुतर्क” : सांसद बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै राजीनामा माग्नु “कुतर्क” : सांसद बस्नेत

काठमाडौं, २६ चैत । सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई चुनौती गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बनेको अवस्थामा अस्वस्थ खालका छलफल सदनमा चल्न थालेको टिप्पणी गरे ।उनले सां

सद गगन थापालाई इंगित गर्दै विगतमा अभ्यास भएका, जाँचिएका, भोगेका र असफल सिद्ध भएका नेताहरुको चेलाहरुले भूमिका खेलिरहेको भनी कटाक्ष गरे । उनले भने “प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने कतिपय साथीभाईहरुलाई म के भन्न चाहन्छु भने, यो बोकाको शैलीले दाईँ गरिदैन र दाईँ गर्नका लागि गोरुकै शैली चाहिन्छ र आज संसदमा सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरुलाई हामीले सके सहयोग गराैं । नसके बस्तुनिष्ठ ढंगले त्यसको विरोध गरौ ।”

यसअघि नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका थिए । प्रधानमन्त्री राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिदै आएको भन्दै उनले सरकारले गरेका विकास निर्माणका कामको विरोध गर्ने सांसदहरुलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिदैन’ भनी भन्न चुनौती समेत दिए ।

मेलम्ची, धरहरा लगायत निर्माण आयोजनाहरुको फेयरिस्त दिदै उनले सरकारले बैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपुर्ण भूमिका खेलेको दाबी गरे । राजनीतिक दलसम्बन्धी ऐन अनुसार दल फुट्यो भने मात्रै विश्वासको मत लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको राजीनामा माग्नु “कुतर्क” भएको टिप्पणी गरे ।

उनले माओवादी केन्द्रले दिएको विश्वास फिर्ता लिन पनि नसकेको र अविश्वासको प्रस्ताव पनि ल्याउन नसकेको टिप्पणी गरे । सांसद बस्नेतले सभामुखले संसदमा सहभागी हुन प्रधानमन्त्री आएपनि सहभागी हुने वतावरण नमिलाएको आरोप लगाए । उनले एक महिनाको दौरानमा ६ पटक बैठक बसेको र पहिलो दिनको बैठक नै ढिलो गरी सुरु हुँदा ४५ मिनेट बसेर प्रधानमन्त्री फर्किएको उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);