तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री ओलीलाई गगन थापाको चुनौती | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री ओलीलाई गगन थापाको चुनौती

काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसद भित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका हुन् ।

कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै उनले एक एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौती दिए । उहाँले भन्नुभयो “प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु । होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके ,चौतारे राखेर तपाईले माथिबाट ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । ” –उनले भने ।

नेता गगन थापाले सरकारको ३ बर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई “अल्पज्ञान”को संज्ञा दिए । चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ । विकृत असत्यभाषी । यी दुईवटै अवस्था राष्ट्रका निम्ति हानीकारक छ । खराब छ ।” प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर २०७५ सालको असोज सम्म मेलम्चीको पानी आउँछ भने पनि प्रधानमन्त्री र मन्त्रीको कुरा नमिल्दा र ठेकेदारसंग कुरा नमिल्दा साढे २ बर्ष बढी समय लागेको र डेढ अरब रुपैँया अनावश्यक खर्च भएको भन्दै उनले भने– “अहिले यत्रो फुर्ति ?”

उनँले बुढीगण्डकी, फास्टट्रयाक , पश्चिम सेती, कर्णाली करिडोर, कोशी करिडोर, बबई सिंचाई आयोजना, सिंक्टा सिंचाई आयोजना लगायत वर्षौंदेखि थला परेका राष्ट्रिय गौरवका आयोजनाहरु को निर्माण सम्पन्न गर्ने सम्बन्धमा भने सरकार उदासिन भएको आरोप लगाए । निर्माण सकिएर चालु भएको २ बर्ष भईसकेको सिन्धुली र राप्तीको पुल उद्घाटन गरिएको, बीच बाटोमा पुगेको कामको शिलान्यास गरिएको, कसैको डीपीआर नै नभएको भन्दै उनले बालुवाटारमा नै निर्माण सम्पन्न कोठाको शिलान्यास गरेर शिलान्यास र उद्घाटन गर्ने रहर पुरा गर्न सुझाव दिए ।

दिनको ३ किलोमिटर विस्तार नभएको बेला दैनिक १० किलोमिटर पीच भएको भनी प्रचार गरिएको उल्लेख गर्दै नेता थापाले क्यालकुलेटरले हिसाव गर्न प्रधानमन्त्रीलाई सुझाव दिए । नियम, कानुन र काम लगाउने निकायको क्षमता लगायत पूर्वाधार निर्माणमा रहेको आधारभूत समस्याहरु सम्बोधन गर्न आफूहरु तयार रहेको भन्दै उनले त्यसतर्फ प्रधानमन्त्रीलाई रुची नै नभएको दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);