प्रधानमन्त्रीलाई गगनको प्रश्नः पूर्वप्रमको उपचार खर्च ब्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीलाई गगनको प्रश्नः पूर्वप्रमको उपचार खर्च ब्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कानुन विपरीत गएर पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्य कोषबाट दिने निर्णय गरेको आरोप लगाएका छन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल मार्फत् विदेशमा उपचार गराईरहेका पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले ब्यहोर्ने काम कानुन विपरीत भएको भन्दै आलोचना गरेका हुन् । विदेशमा गरिएको उपचारमा सरकार १ रुपैँया पनि बेहोर्न नमिल्ने कानुुन रहेको थापाले प्रष्ट पारे ।

उनले लेखेका छन्–‘‘ उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास ग-यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्य कोषबाट उपचार खर्च दिने काम रोकिएन।

कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै’’प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन“भन्ने संशोधन प्रस्ताव राखेँ।

यो संशोधन सांसदले स्विकार्दै बनेको कानुन २०७५÷६÷२ गतेदेखि लागू भयो।

कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन।’’

कानुनमा नै विदेशमा उपचार गर्नेलाई राज्य कोषबाट १ रुपैँया दिन नमिल्ने कुरा स्पष्ट हुँदा हुँदै कुन कानुनमा टेकेर पूर्व प्रधानमन्त्रीको उपचार खर्च ब्यहार्ने निर्णय भएको भन्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्–‘‘प्रधानमन्त्री ज्यु अब भन्नुस् पूर्व प्रमको खर्च ब्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);