विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने

hospital birami

काठमाडौं, २९ भदौ । देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने भएको छ ।

विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएका विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको छ । संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पारित भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् ।

विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्ने सहमति जुटाएको थियो । समाचार आजको नयाँ पत्रिकामा छापिएको छ  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);