आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

देशमा मनसुनी  वायुको  प्रभाव रहेको छ । 

अहिदे देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा  हल्का  वर्षा भैरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदलीरही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी  प्रदेशका  एक वा दुई  स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग सहित भारी/ धेरै भारी  वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);