देशभर सामान्य देखि पूर्ण बदली, केही स्थानहरुमा भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

देशभर सामान्य देखि पूर्ण बदली, केही स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य  देखी पूर्ण बदली रहने छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले देशभर सामान्य  देखी पूर्ण बदली रही  गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र प्रदेश नं १, प्रदेश न २ ,बागमती प्रदेश र सुदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का  देखी मध्ययम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आज राती देशभर सामान्य  देखी पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश,  र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै  प्रदेश नं १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।

Leave a Reply

ताजा समाचार