संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भयो - राप्रपा अध्यक्ष कमल थापा | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भयो – राप्रपा अध्यक्ष कमल थापा

कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन्। बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताउनुएको छ ।

उहाँले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यता स्थापित हुने र पार्टी अग्रणी शक्तिको पथमा स्थापित हुने बताए। विगतका कमी, कमजोरीह?बाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता रहेको तर्क गरेका छन्।

उनले भने ,‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ । यही प्रश्नचिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताह? स्थापित हुने र साथसाथै पार्टीपनि अग्रणी शक्तिको पथमा स्थापित हुने । यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । विगतका कमी कमजोरीहबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।

Leave a Reply

ताजा समाचार