दाङमा खहरे खोलाले बगाउँदा एक ब्यक्तिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङमा खहरे खोलाले बगाउँदा एक ब्यक्तिको मृत्यु

दाङ । दाङमा खहरे खोलाले बगाउँदा एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरी बुधवार दिउँसो खेतबारीमा गएको र घर फर्किने बेला स्थानिय खहरले खोलाले बगाएको थियो ।

खोलाले बगाएको देखिपछि उनलाई स्थानियले उद्धार गरि लमही अस्पतालमा उपचार गर्न ल्याएको र उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । चौधरीको बेलुका पौने ५ बजेतिर मृत्यु भएको हो ।

उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);