दाङमा खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दाङमा खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु

दाङ । दाङमा खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ बस्ने ४० वर्षीया रिता माया पुन, सोही ठाउँकी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३१ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४२ वर्षीया विमला केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई खोलाले राती करिब १० बजेतिर बगाएको थियो ।

त्यस्तै गाडी चालक घोराही १५ का ४० वर्षीया नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मृतक ४ जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);