दाङमा २ सय २९ संक्रमित थपिए, २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दाङमा २ सय २९ संक्रमित थपिए, २ को मृत्यु

दाङ । दाङमा शुक्रवार दुई सय २९ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा दुई सय ६९ पीसीआर परीक्षण गर्दा एक सय ८० मा संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै नेशनल ल्याब बुटवलमा १ सयको गरीएको परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरका ९२ जना, तुलसीपुर उपमहानगरका ६६ जना, लमही नगरपालिका ४ जना, र शान्तिनगर गाउँपालिकाका ४ जना, गढवा गाउँपालिकाका ३ जना, , राप्ती गाउँपालिकाका ३ जना, बबई गाउँपालिकाका ३ जना, दंगीशरण गाउँपालिकाका ३ जना र बंगलाचुली गाउँपालिकाका २ मा संक्रमण पुष्टि भएको केन्द्रका सूचना समन्वयकर्ता अजेन्द्र केसीले जानकारी दिनुभयो ।

त्यस्तै बुटवलमा गरीएको परीक्षणमा तुलसीपुरका ३० जना, घोराहीका १७ जना, राप्तीका र लमहीका १÷१ जनामा संक्रमण पुष्टि भएको उनले बताए । त्यस्तै, शुक्रबार थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का ३१ वर्षीय महिला र वडा नं. १२ की ७० बर्षीया महिलाको मृत्यु भएको उपमहानगरको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

ती ३१ वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । उनलाई बुधवार कोरोना पुष्टि भएको थियो । तुलसीपुरमा मात्रै कोरोना संक्रमणबाट हाल सम्म ३५ जनाको मृत्यु भइसकेको छ । यो संगै जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या ७६ पुगेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ६६ रहेको छ ।

जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ४ हजार ५ सय १४ पुगेको छ । अहिले सम्म ३ हजार १ सय ६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);