पाल्पामा थप १२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पाल्पामा थप १२ जनामा कोरोना संक्रमण

पाल्पा, ११ चैत । पाल्पामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थय कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार फागुन ११ गतेदेखि चैत ११ गतेसम्म गरिएको परीक्षणमा ६ जना पुरुष र ६ जना महिला गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ३ पुरुष र ५ महिला, रिव्दीकोट गाउँपालिकाका १ पुरुष, बगनासकाली गाउँपालिकाका पुरुष २ जना र रैनादेवी छहरा गाउँपालिकाका १ जना महिला गरी १२ जना रहेका छन ।पाल्पामा कोरोना जित्नेको संख्या १ हजार ९ सय २६ पुगेको छ भने संक्रमितको संख्या १ हजार ९ सय ७३ जना पुगेको छ ।

कोरोना संक्रमण देखिएका पाल्पामा ३५ जनाको निधन भएको छ भने अन्यले कोरोनालाई जितेका छन् । पछिल्लो सयममा खोप आएसँगै कोरोनाको परीक्षण र कन्ट्याक्ट टेसिङ्ग हुन छाडेको छ। पाल्पामा सक्रिय संक्रमित १२ जना रहेको पन्थीले बताए ।

भारत लगायतका देशमा दोस्रो लहरको कोरोना देखिएसँगै पाल्पामा समेत फैलिन सक्ने भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा सूचना अधिकारी पन्थीको आग्रह छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);