कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

corona update

काठमाडौं, २४ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुष र धनगढी ४ की ५५ वर्षिय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको बताउनुभयो । यस्तै मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताउनुभयो । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

मन्त्रालयका अनुसार पछिल्लो शनिबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ । अहिलेसम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ ।

देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);