कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

corona virous

काठमाडौं, २५ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा कास्की र पर्सामा गरी २ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षिय वृद्धको सान २४ गते मृत्यु भएको बताउनु भयो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रमममा मृत्यु भएको हो ।

यस्तै पर्साको विरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षिय महिलाको २४ गते निधन भएको उहाँले बताउनुभयो । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);