थप ३ सय ८० जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ९२ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

थप ३ सय ८० जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ९२ जना संक्रमित

काठमाडौं, २५ साउन । आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।

आइतबार प्रदेश नम्बर १ मा ५ सय ११, प्रदेश नम्बर २ मा ३ हजार ७५, बागमती प्रदेशमा ११ सय ३१ र गण्डकी प्रदेशमा २ सय ३७ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ गरी देशभरी ६ हजार ५ सय ४४ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन ।

अहिले देशभरीका क्वारेन्टीनमा ११ हजार ३८ जना रहेका छन् । आइतबार पीसीआर विधिबाट ८ हजार ५ सय १५ गरी ४ लाख ४३ हजार ८ सय ४ जनाको कोरोना परीक्षण भएको छ । आइतबार ४० जना गरी देशभरी १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);