'इनफ इज इनफ'का अभियन्ता र सरकारबीच १२ बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘इनफ इज इनफ’का अभियन्ता र सरकारबीच १२ बुँदे सहमति

काठमाडौं, २५ साउन । पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाको खर्च पारदर्शी बनाउनुपर्ने लगायत माग राखेर आमरण अनशन बसेको इनफ इज इनफ समूहले २३ दिन लामो अनशन तोडेको छ।

ह्याम्स अस्पतालमा आज स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ समूहबीच १३ बुँदे सहमति भएसँगै ईः, समायारा श्रेष्ठ र करण गुरुङले २३ दिन लामो अनशन तोडेका हुन् ।

यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु पुनः अनशन बसेका थिए। अबको सहमति कार्यान्वयन हुने मन्त्रालले प्रतिवद्धता जनाएको छ। सहमति पत्रमा मन्त्रालयका तर्फबाट सहप्रवक्ता समिरमणी अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिसँगै अनशनकारीले अनशन तोडेका छन् । आफूहरुले राखेका मागहरु प्रायः पूरा भएकोले अनशन तोडेको अभियन्ताहरुले बताएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);