‘इनफ इज इनफ’को आन्दोलनमा कांग्रेस नेता पौडेलको ऐक्यवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

‘इनफ इज इनफ’को आन्दोलनमा कांग्रेस नेता पौडेलको ऐक्यवद्धता

ramchandra enough is enough

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेटेर उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउनु भएको छ ।

आइतबार नेता पौडेलले राजधानीको बसन्तपुरमा अनसनरत ‘इनफ इज इनफ’अभियानका युवाहरुलाई भेटेर उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो ।क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका अभियन्ताहरुको माग नसुन्नु सरकारको अटेरीपन भएको पौडेलले बताउनु भयो ।

अनसनरत युवाहरुलाई यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले पनि भेटेर उनीहरुको मागमा ऐक्यवद्धता जनाएका थिए । सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि उनीहरु अनसनमा बसेका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);