अमेरिकी फेडरल रिजर्भद्वारा ब्याजदर यथावतः मध्यवर्ती निर्वाचनअघि ‘पर्ख र हेर’को नीति | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८३, बिहीबार

अमेरिकी फेडरल रिजर्भद्वारा ब्याजदर यथावतः मध्यवर्ती निर्वाचनअघि ‘पर्ख र हेर’को नीति

अमेरिकी केन्द्रिय बैंक, फेडरल रिजर्भले आगामी नोभेम्बर ३ मा हुन लागेको मध्यावधि निर्वाचनको केही दिनअघि ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । फेडरल ओपन मार्केट कमिटीको बुधवारको बैठकले संघीय कोषको दर ३.७५ देखि ४ प्रतिशतको दायरामा कायम राख्ने निर्णय गरेको हो । फेडरल रिजर्भका अध्यक्ष केभिन वार्सले जारी गरेको विज्ञप्तिमा अमेरिकी अर्थतन्त्रको हालको अवस्थाबारे प्रकाश पारिएको छ । समितिले अर्थतन्त्रको गति बलियो रहेको उल्लेख गर्दै घरेलु खर्च, उत्पादकत्व वृद्धि र पुँजीगत लगानीमा देखिएको स्थिरतालाई सकारात्मक संकेतका रूपमा लिएको छ । रोजगारीको अवस्थाले कार्यबलको मागलाई सन्तुलित बनाए पनि उच्च मुद्रास्फीति अझै पनि चिन्ताको विषय बनेको छ । अध्यक्ष वार्सले वर्तमान अवस्थामा ‘वास्तविकताको परीक्षण’ गर्दै नीति तय गर्नु चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले फेडको मुख्य लक्ष्य २ प्रतिशतको मुद्रास्फीति दर प्राप्त गर्ने रहेको र सोही बमोजिम भविष्यका नीतिहरू तय गरिने स्पष्ट पार्नुभयो । भू–राजनीतिक विकासक्रमले निम्त्याएको अनिश्चितताका बाबजुद अर्थतन्त्रले लचिलोपन देखाएको उनको भनाइ छ । फेडको यस निर्णयपछि अमेरिकी शेयर बजारमा खासै ठूलो उतारचढाव देखिएन भने अमेरिकी डलरको सूचकांक र बोन्डको प्रतिफलमा भने सामान्य वृद्धि भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा फेडले लिने यस्ता निर्णयहरूलाई राजनीतिक प्रभावबाट टाढा राख्ने प्रयासका रूपमा हेरिन्छ । विगतका निर्वाचन चक्रहरूमा पनि फेडले मौद्रिक नीतिमा स्थिरता अपनाउने गरेको भएपनि उच्च मुद्रास्फीतिको चाप रहेका विशेष वर्षहरूमा भने नीतिगत हेरफेर गर्ने गरेको इतिहास छ ।

Leave a Reply

ताजा समाचार