अमेरिकी फेडरल रिजर्भद्वारा तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर वृद्धि | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

अमेरिकी फेडरल रिजर्भद्वारा तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले लगातार उच्च रहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक प्रमुख ब्याजदर बढाएको छ । फेडरल रिजर्भको फेडरल ओपन मार्केट कमिटीले बुधवार संघीय कोषको ब्याजदरको लक्ष्य दायरा ०.२५ प्रतिशत बिन्दुले बढाएर ३.७५ प्रतिशतदेखि ४ प्रतिशत कायम गरेको हो। फेडका अनुसार निर्णय सर्वसम्मत रूपमा १२–० मतले भएको हो । फेडरल रिजर्भका अध्यक्ष केभिन वार्शले आर्थिक गतिविधि बलियो गतिमा विस्तार भइरहेको, घरेलु खर्चमा लचकता कायम रहेको, उत्पादकत्व वृद्धि बलियो रहेको तथा पूँजीगत लगानी मजबुत रहेको बताउनु भयो । उहाँकाअनुसार श्रम बजारमा रोजगारी वृद्धि कार्यबलसँगै अघि बढिरहेको छ र बेरोजगारी दरमा ठूलो परिवर्तन आएको छैन । यद्यपि, मुद्रास्फीति अझै उच्च स्तरमा रहेको भन्दै मूल्य स्थिरता कायम गर्न पछिल्लो ब्याजदर वृद्धिले सहयोग गर्ने उहाँले बताउनु भयो । फेडरल रिजर्भले आफ्नो मौद्रिक नीतिको प्रमुख उद्देश्य अधिकतम रोजगारी र मूल्य स्थिरता कायम गर्नु रहेको दोहो¥याउँदै मुद्रास्फीतिलाई दीर्घकालीन रूपमा २ प्रतिशतको लक्ष्यमा फर्काउने प्रतिवद्धता जनाएको छ ।
सेप्टेम्बर १५–१६ मा बसेको एफओएमसी बैठकसँगै सार्वजनिक गरिएको आर्थिक प्रक्षेपणमा फेडका अधिकारीहरूले सन् २०२६ को अमेरिकी अर्थतन्त्रको वृद्धि दर २.३ प्रतिशत रहने मध्य अनुमान गरेका छन् । जुन यसअघि जुन महिनामा गरिएको २.२ प्रतिशतको अनुमानभन्दा बढी हो । सन् २०२७ का लागि आर्थिक वृद्धि दरको अनुमान पनि २.४ प्रतिशत पु¥याइएको छ । बेरोजगारी दर भने २०२६ र २०२७ दुवै वर्षका लागि ४.१ प्रतिशत रहने अनुमान गरिएको छ । यसैगरी, व्यक्तिगत उपभोग खर्च मूल्य सूचकांकबाट मापन गरिने मुद्रास्फीति सन् २०२६ मा ३.७ प्रतिशत रहने अनुमान गरिएको छ, जुन यसअघि गरिएको ३.६ प्रतिशतको अनुमानभन्दा माथि हो । सन् २०२७ का लागि मुद्रास्फीतिको अनुमान २.३ प्रतिशतमै कायम राखिएको छ ।
फेडरल रिजर्भले बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम राख्ने आफ्नो नीतिलाई पनि निरन्तरता दिने जनाएको छ ।
नोटः फेडको आधिकारिक अभिलेखअनुसार पछिल्लो बैठक सेप्टेम्बर १५–१६, २०२६ मा भएको थियो र ब्याजदरसम्बन्धी निर्णय सेप्टेम्बर १६ मा सार्वजनिक गरिएको हो । 

Leave a Reply