पशुपति गुरुयोजनाको काम तत्कालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

पशुपति गुरुयोजनाको काम तत्कालका लागि स्थगित

pashupati guruyojana

काठमाडौं, १८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरेको गरेको छ । कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार सरोकारवालाहरुसँग छलफल गर्नुभएको हो ।

छलफलमा सहभागि नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले पशुपतिनाथ आसपासका स्थानीयलाई स्थानान्तरण गर्न खोजे सांस्कृतिक विषयहरु लोप हुँदै जाने बताउनुभयो । उहाँले स्थानीयहरुको प्रत्यक्ष सहभागिता नभए प्राचिनदेखि चल्दै आएका जात्रा र पर्वहरु समेत बन्द हुन सक्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी बागमती प्रदेशका प्रदेशसभा सांसद नरोत्तम वैद्यले स्थानीयहरुलाई सहभागि नगराई गुरुयोजना बनाइएको प्रति असन्तुष्टि जनाउनुभयो

छलफलमा मन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्वहरु सञ्चालनका लागि अक्षयकोषको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलपछि एक महिना गुरुयोजनाको काम स्थगित गरेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउनेसम्मको विषय समेटिएपछि स्थानीयहरु आन्दोलनमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);