ओली-दाहाल बीचको छलफल निष्कर्षविहीन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ओली-दाहाल बीचको छलफल निष्कर्षविहीन

oli-dahal

काठमाडौं, १८ साउन । पाटीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुइनेताबीच छलफल भएको हो । छलफलमा पार्टीभित्रको अन्तरबिरोध समाधान गर्ने विषयमा भने कुनै सहमति बन्न नसकेको जनाइउको छ ।

साउन १३ गते ओलीद्वारा एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन र दाहालले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरु राखेर बैठक गरेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । आइतबार ओली र दाहालबीचको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी रहनुभएको थियो ।

छलफलमा ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने विषयमा सहमति बन्न नसकेको बताइएको छ । दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहकाले ठोस सहमति नभएको हो । गत असार १० गतेबाट शुरु भएको बैठक दुवै नेताबीच सहमति बन्न नसक्दा प्रभावित बन्दै आएको छ ।

बहुमत स्थायी कमिटी सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको हो । ओलीले भने दुवै पद नछाड्ने अडान राख्दै आउनुभएको छ ।

स्थायी कमिटीले पार्टीभित्रको अन्तरबिरोध समाधान गर्न नसकेको भन्दै नेकपाका १ सय ५२ जना केन्द्रिय कमिटि सदस्यले केन्द्रीय कमिटिको बैठक माग गर्दै अध्यक्षद्वयलाई हस्ताक्षर समेत बुझाइसकेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);