नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच सहमति जुट्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच सहमति जुट्न सकेन

oli and parchanda

काठमाडौ, २३ असार । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको वार्तामा पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच एक्ला एक्लै बसेर सहमतिको बिन्दु खोज्ने प्रयास भएता पनि ठोस निस्कर्ष भने निस्कन नसकेको हो ।

दुबै नेता पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेर पार्टीभित्रको अन्तरबिरोध समाधानमा लागेका हुन । असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेपछि बैठक रोकेर दुई अध्यक्ष वान टु वान वार्तामा बसेका हुन् ।

खासगरी प्रधानमन्त्री ओलीले गत हप्ता भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा नेकपाकै नेताहरुको सहयोग रहेको अभिब्यक्ति दिएपछि नेकपामा विवाद बढेको हो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारी र आफूलाई महाअभियोग लगाएर हटाउन खोजेको अभिब्यक्ति दिएपछि नेकपाको विवाद थप पेचिलो बनेको छ । अध्यक्षद्वयबीच मंगलबार भएको छलफलमा ठोस सहमति नभएपनि स्थायी कमिटी बैठक बुधवार राख्ने विषयमा भने सहमति भएको जनाइएको छ ।

विवाद समाधानकै लागि भनेर गत शनिबार बस्ने भनिएको बैठक सोमबारका लागि सारिएको थियो । तर सहमति नजुटेपछि बैठक बुधबारका लागि सारिएको हो । बैठक अघि ओली र दाहालबीच पुनः छलफल हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);