नेकपा अध्यक्षद्वय ओली र दाहाल ६ दिनपछि छलफलमा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नेकपा अध्यक्षद्वय ओली र दाहाल ६ दिनपछि छलफलमा

oli-dahal

काठमाडौं, ३० असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीभित्रको अन्तरविरोध समाधान गर्ने विषयमा छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वयबीच पार्टीभित्रको विवादमा सहमति खोज्ने प्रयास भइरहेको जनाईएको छ ।

विवाद समाधानका लागि भन्दै अध्यक्षद्वय ६ दिनपछि छलफलमा जुट्नु भएको हो । यसअघि पनि बिवाद समाधानका लागि अध्यक्षद्वयबीच पटक–पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन । नेकपाको असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेकपाकै नेताहरुको सहयोग रहेको भन्ने अभिव्यक्ति दिएपछि प्रभाबित हुँदै आएको छ ।

स्थायी कमिटीका धेरैजसो सदस्यले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन । तर, निकास ननिस्किएपछि स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको हो ।

पछिल्लो पटक अध्यक्षद्वयले हतार नगरी सहमति जुटाउने सार्वजजिनक अभिव्यक्ति दिदै आउनु भएको छ । छलफलबाटै समस्याको हल खोज्ने ओली र दाहालको अभिव्यक्तिपछि आजको छलफललाई चासोपूर्वक हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);