मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन नेकपाका अध्यक्षद्वय बीच आज पनि छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन नेकपाका अध्यक्षद्वय बीच आज पनि छलफल

oli n parchanda

काठमाडौं, १२ असोज । मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयबीच मन्त्रिपरिषद् पुनर्गठनमा सहमति भएपनि क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा भने सहमति जुट्न नसकेको बताइएको छ ।

अध्यक्षद्वय ओली र दाहालबीच केही दिन यता मन्त्रिपरिषद पुनर्गठनका विषयमा लगातार छलफल हुँदै आएको छ । गत बिहीबार, शुक्रबार र आइतबार भएको लगातारको छलफलमा पनि अध्यक्षद्वयबीच ठोस सहमति भने जुट्न सकेको थिएन । खासगरी मन्त्रिपरिषद पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसकेको हो । जसका कारण मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको हो ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुनर्गठन गर्दा पुराना केही मन्त्रिहरुलाई निरन्तरता दिने पक्षमा रहनुभएको तर दाहाल भने दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा रहनुभएको नेकपाका नेताहरुले बताएका छन । गतहप्ता बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो ।बैठकलेनै मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);