नेकपा अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनगर्ठनको विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपा अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनगर्ठनको विषयमा छलफल

काठमाडौं, ९ असोज । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनगर्ठनको विषयमा छलफल भएको छ । अध्यक्षद्वय ओली र दाहालबीच शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

दुबै अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा बिहीबार पनि छलफल भएको थियो । छलफलसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको जनाइएको छ ।

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो ।बैठकमा सबै मन्त्री फेर्ने, वा दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, तथा राम्रा काम गरेकालाई निरन्तरता दिने लगायत विभिन्न विकल्प प्रस्तुत भएको थियो ।

त्यसपछि मंगलबार पुनः बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भने भएन ।आइतबारको बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको थियो ।

अध्यक्षद्वयबीचको शुक्रबारको छलफलमा रिक्त रहेका संवैधानिक निकाय र अन्य क्षेत्रमा रिक्त रहेका राजनीतिक नियुक्तिलाई पूर्णता दिने विषयमा पनि कुराकानी भएको बताइएको छ । अध्यक्षद्वयबीच कुरा मिलेमा चाडैनै मन्त्रिपरिषद पुनर्गठन हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);