काठमाडौं, ९ असोज । एसिड आक्रमण गर्नेलाई कडा सजाय हुने अध्यादेश मन्त्रिपरिषद्बाट पारित भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको हो ।
एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था हालकै मुलुकी अपराध संहितामा छ । अध्यादेशले मुलुकी अपराध संहितामा एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी दोषीलाई थप सजाय हुने व्यवस्था गरेको छ ।










