काठमाडौं ।
नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शी देखिएको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । शेयर स्वामित्व लुकाएको आरोपपछि गृहमन्त्री सुदन गुरुङले राजीनामा दिनुभएको र उक्त प्रकरणमा छानविन समितिको प्रतिवेदन आएपनि अहिलेसम्म सार्वजनिक हुन नसकेको बताउनु भयो ।
पटक–पटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरे पनि सरकारले निरन्तर लुकाउने काम गरिराखेको आरोप लगाउनु भयो । उहाँले आफ्नै मन्त्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न नसक्ने सरकारको कार्यशैली सुशासन, पारदर्शिता, नैतिकता र जनविश्वास माथि गम्भीर प्रश्न खडा गरेको छ गम्भीर प्रश्न उठेको बताउनु भयो ।




