७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ । सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताउनुभएको हो । उहाँले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने बताउनु भयो ।

उहाँकाअनुसार प्रश्तावित ऐनमा ७ हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण अनुमति नपाइने प्रावधान समावेश गरिने तयारी छ । यस्तो व्यवस्थाले सगरमाथामा हुने भीड घटाउनुका साथै अनुभवी आरोहीले मात्र अनुमति पाउने बताउनुभयो । सगरमाथामा अत्यधिक भीडले यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती उत्पन्न हुने चिन्ताप्रति आफू सहमत रहेको उल्लेख गर्नुभयो ।उहाँले पर्यटनको विविधतालाई खालमा राखेर सबै प्रकारका पर्यटन प्रवद्र्धनलाई मन्त्रालयले ध्यान दिने बताउनु कभयो । उहाँले एकै प्रकारको पर्यटन प्रवद्र्धन दिगो नहुने उल्लेख गर्नुभयो । उहाँले ट्वीनटर विमान संरक्षण र विस्तारको नेपाल वायुसेवा निगमलाई आवश्यक निर्देशन दिने बताउनु भयो । पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि आवश्यक हवाई रुटको लागी कुटनितिक पहल गरिरहेको जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार