४५ समूहले लिए हिमाल आरोहणको अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

४५ समूहले लिए हिमाल आरोहणको अनुमति

himal-aarohan

काठमाडौं, २६ चैत । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागकाअनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ ओटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन् ।

सगरमाथा चढ्नमात्रै २३ समूहका २२६ आरोहीले आरोहणको अनुमति लिएको विभागले जनाएको छ । सगरमाथा, अन्नपूर्ण, आमादब्लमलगायत हिमाल आरोहणमा स्वदेशी तथा विदेशी आरोही गएका छन् । विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ ।

६ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । यो याममा अझै थुप्रै आरोही हिमाल चढ्न आउने अनुमान गरिएको छ ।।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);