प्रतिकुल मौसमका कारण आरोही सुरक्षित स्थानमा फर्के | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिकुल मौसमका कारण आरोही सुरक्षित स्थानमा फर्के

सोलुखुम्बु । हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने आरोहीहरु सुरक्षित स्थानमा फर्किएका छन् ।

सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु मौसम प्रतिकुल हुँदा तल झरेका छन् । आरोहण दल क्याम्प टूमा आएर बसेको गौतमले बताएका छन् ।

यस्तै सगरमाथाकाे आधार शिविरमै रहेका नेपाली सेनाको ‘सफा हिमाल २०२१’ अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले हिजैबाट सगरमाथा क्षेत्रको मौसम खराब भएको बताए ।

पूर्वीमध्य बङ्गालको खाडीबाट विकसित न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो । चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबारदेखि नै हिमपात सुरु भएको बताइएको छ ।

२९ तारिखमा मौसम खुल्ने सम्भावना रहेकाले आरोहीहरु उक्त दिनको पर्खाइमा रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिइन । उनका अनुसार अहिले सगरमाथा आधार शिविरमा करिब १५० जना जति आरोही अनुकुल मौसमको प्रतिक्षामा छन् । यस सिजनमा सगरमाथा आरोहणका लागि ४०८ जनाले अनुमती लिएका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);