काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ, उलंघन गरे जरिवानासहित कारबाही हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ, उलंघन गरे जरिवानासहित कारबाही हुने

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ एक हप्ता थपिएको छ ।

गत मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने गरि निषेधाज्ञा थप कडाइ गर्ने निर्णय गरेको हो । उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिएको छ, तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको प्रशासनले जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको छ ।

काठमाडौं जिल्ला प्रशासनले सोमबार नै सार्वजानिक सूचना जारी गर्दै हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जनाइसकेको छ ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ ।

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);