उपत्यकाको निषेधाज्ञा खुकुलो पार्दै एक साता थप | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

उपत्यकाको निषेधाज्ञा खुकुलो पार्दै एक साता थप

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञा असार २१ सम्म थप गरेको हो । गएको बैशाख १६बाट जारी गरेको निषेधाज्ञा विभिन्न चरणमा परिमार्जित गर्दै लगाइएको निषेधाज्ञा आज राति १२ बजेबाट अन्त्य हुन लागेको बेला सिडीओहरुको बैठकले थप एक साताका लागि निषेधाज्ञा थपेको हो ।

आज बसेको बैठकले भोलिबाट २५ सिट माथिका सार्वजनिक सवारी साधनलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस

उपत्यकामा भोलिबाट २५ सिटमाथिका सार्वजनिक सवारी जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिइने

साथै आज बसेको बैठकले सभा सम्मेलनहरुमा लगाएको रोकलाई भने निरन्तरता नै दिएको छ ।

त्यसैगरी आजको बैठकले खाद्यान्न दुध तथा दुग्ध जन्य पदार्थ फलफूल तरकारी, स्टेशनरी सम्बन्धी पसलहरुलाई बेलुकी ६ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । त्यसैगरी, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, फेन्सी, कस्मेटि, कपडा, टेलर, सुनचाँदी, भाँडा, विद्युतीय भरायसी सामग्री तथा इलेक्ट्रोनिक पसल र निर्माणजन्य सामाग्रीको पसलहरु बिहान ११ बजे देखि सांझ ६बजेसम्म खोल्न पाइने भएको छ । यस अघि यी पसलहरु दिउँसो ४ बजेसम्ममात्र खोल्न दिने निर्णय गरेको छ ।

यसका साथै आजको बैठकले वैदेशिक अध्ययनमा जानु पर्ने विद्यार्थीहरु, इडीभी परेका व्यक्ति र कुटनैतिक नियागबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तर्वार्ताका कार्यहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ । भाषा परीक्षाको हकमा भने जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिई स्वास्थ्य माफदण्डको पालना गर्ने गरी सञ्चालन गर्नुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);