उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानो नियमलाई यथावत् राख्दै भदौ १६ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको कठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको पराजुलीको भनाई छ ।

यस अवधिमा एक साताअघि जारी निजी तथा सार्वजनिक सवारी साधन ८ बजेपछि चलाउन नपाइने प्रावधानलाई हटाइएको छ ।

यसअघि एक साताका लागि थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सकिँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);