उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुँदै

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको बताइएको छ । निषेधाज्ञाको मोडालिटी तय गरेपछि बुधबार थप निर्णय गरिने जनाइएको छ । पछिल्लो पटक गत १० गते थपिएको निषेधाज्ञाको समय आज मध्यरातबाट सकिँदैछ । उपत्यकामा कोरोना संक्रमण बढेपछि गत ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);