उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा केहि खुकुलो गरी जेठ महिनाभर थप्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा केहि खुकुलो गरी जेठ महिनाभर थप्ने तयारी

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्दै यसको मोडालिटी परिवर्तन गर्ने विषयलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको र आज औपचारिक निर्णय गरी घोषणा गर्ने तयारी भएको बताइएको छ । उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि बिहीबार सकिदै छ ।

यसअघि भन्दा केहि खुकुलो गरी उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा लगाउने तयारी छ। खाद्यान्न तथा किराना पसल र डिपार्टमेन्टल स्टोरमा यसअघि भन्दा केहि खुकुलो गर्ने तयारी भएपनि यसअघि जस्तै बिहान ९ बजेसम्म मात्रै खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);