उपत्यकामा १० दिन निषेधाज्ञा थप, मंगलबारबाट सबै यातायात चल्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

उपत्यकामा १० दिन निषेधाज्ञा थप, मंगलबारबाट सबै यातायात चल्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा पुन दश दिन निषेधाज्ञा थप गर्ने निर्णय भएसंगै केहि खुकुलो बनाइने भएको छ।

आइतबार उपत्यकाका तीनै जिल्ला अधिकारीहरुको सयुक्त बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो।

यस बाहेक अब उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन्। यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो ।

अब असार २२ गते (मंगलबार) देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार बैठकले टेम्पो र निलो माइक्रोलाई पनि चल्न दिने निर्णय गरेको बताइएको छ ।

Leave a Reply