उपत्यकामा थप निषेधाज्ञा, के गर्ने पाइन्छ, के पाईदैन ? (पूर्णपाठ सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपत्यकामा थप निषेधाज्ञा, के गर्ने पाइन्छ, के पाईदैन ? (पूर्णपाठ सहित)

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा १० दिनका लागि थप गरिएसंगै केहि क्षेत्रमा खुकुलो परिएको छ ।

आइतबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुखहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता लागि थप गरेको हो । आइतबार बसेको बैठकले सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली पनि हटाइएको छ ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । सफा टेम्पो र निलो माइक्रोले कुल ९ जना यात्रु बोक्न पाउने भएका छन् । पछाडि तेर्सो सिटमा ४-४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी बोक्न नपाउने गरी सवारी साधन चलाउन दिएको हो ।

पूर्ण पाठ हेर्नुहोस

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);