दार्चुलामा असार मसान्तसम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दार्चुलामा असार मसान्तसम्म निषेधाज्ञा थप

वाशु देव बडू,
दार्चुला । विश्व भर महामारीका रुपमा फैलि रहेको कोरोना भाईरसको चैन ब्रेक गर्न दार्चुला जिल्ला भरी असार मसान्तसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभीड-१९ संकट व्यवस्थापन केन्द्र को असार १८ गते बसेको बैठकले जिल्लामा कोरोना भाईरसको दास्रो लहरमा कमी आएपनि जोखीम अझै कायम रहेकोले निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सिफारिस गरेको छ ।

कोभीड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभीड १९ संक्रमण रोकथाम तथा नियन्त्रण लाई मध्येनजर गर्दै दार्चुला जिल्लाका ९ वटै स्थानियतहहरुमा असार २० गते राती १२ बजे देखी लागु हुने गरी असार मसान्त राती १२ बजे सम्म निषेधाज्ञा लागु गरेको हो ।

यस अघि जिल्लामा विभिन्न चरणमा गरी असार २० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा जारी गरी सकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको सुचना अनुसार पुर्ववत निषेधाज्ञामा केहि खुकुलो गरिएको छ ।

स्वास्थ्य सेवा, दुध डेरी, माछामासु पसलहरु , पेट्रोलियम पदार्थ लगायत का अत्यावस्यक पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय (होटल , रेस्टोरेन्ट र मदिरा पसल बाहेक) हरु बिहान ६ बजे देखी दिउँसो १ बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्न सकिने कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।

हालसम्म दार्चुला जिल्ला मा १३ जनाको मृत्यु भईसकेको छ भने कुल संक्रमित संख्या १०७२ रहेको जसमध्ये ६८४ जना पुरुष, ३८८ जना महिला र ५० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी विभिन्न अस्पतालहरु बाट उपचार गरी डिस्चार्ज हुने को संख्या एक हजार ७ र २ जना आईसोलेसनमा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);