छोरालाई विदेशमा राम्रो काम नमिलाएपछि बुवाले गरे एजेन्टको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

छोरालाई विदेशमा राम्रो काम नमिलाएपछि बुवाले गरे एजेन्टको हत्या

शम्भु माली
कपिलवस्तु । कपिलवस्तुमा ३ वर्षअघि गोली प्रहार गरी एक जनाको हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल चैत्र १७ गते साँझ साढे ९ बजेको समयमा जिल्लाको कृष्णनगर नगरपालिका–१० बिद्यानगरका ५५ वर्षीय पारस पुरीलाई तीन जनाको समूहले गोली हानेर हत्या गरेका थिए ।

हत्या घटनाका मुख्य अभियुक्त भनिएका सोही जिल्लाको विजयपुर गाउँपालिका –७ का ५० वर्षीय लालबही प्रेमकुमार भनिने शुपति कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई महाराजगञ्ज नगरपालिका–१० हर्दौनास्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार हत्या गरिएका पारस पुरी कामदारहरु वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न थिए । हत्या अभियुक्त कुर्मीलाई ‘तिम्रो छोरा दिनेश कुर्मीलाई विदेश पठाई दिन्छु’ भनी १ लाख १५ हजार रुपैयाँ लिई वैदेशिक रोजगारीका लागि बहराइन पठाएका थिए ।

त्यहाँ पुगेपछि छोराले राम्रो कम्पनीमा काम र तलव नपाएको भन्दै पुरीसँग विदेश पठाउँदाको उक्त रकम पटक पटक फिर्ता मागेका थिए । उनले नदिएपछि सोही रिसईवी साँधेर हत्या गरेको प्रहरीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);