तराई मुक्ति मोर्चाका जिल्ला इन्चार्ज कुर्मी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तराई मुक्ति मोर्चाका जिल्ला इन्चार्ज कुर्मी पक्राउ

kurmi pakrau

रौतहट, ७ फागुन । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका जिल्ला इन्चार्ज कामेश्वर पटेल कुर्मी पक्राउ परेका छन् । कर्तव्य ज्यानलगायत मुद्दाको अभियोगपछि फरार रहेका कुर्मीलाई जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार राति चन्द्रपुर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

नियन्त्रण्मा लिने क्रममा कुर्मीले प्रहरीको टोलीमाथि गोली प्रहार गरेका थिए । कुर्मीले गोली चलाएपछि जवाफि कारवाहीका क्रममा प्रहरीले बायाँ खुट्टामा दुई राउन्ड गोली प्रहार गरि नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका कुर्मीलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कुर्मीको साथबाट १ थान नलकटुवा पेस्तोल र ५ राउन्ड गोलीसमेत बरामद भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);